महानगरको टोली पुगेपछि सुरज आर्केडको बेसमेन्टका पसलेले आफै सामान हटाए

Advertisement

काठमाडौं । काठमाडौ. महानगरपालिकाको टोली आएपछि न्युरोडस्थित व्यापारिक कम्प्लेक्स सुरज अर्केडको बेसमेन्टमा रहेका पसलले आफै सामान हटाएका छन् । 

अनधिकृतरुपमा सटरहरु निर्माण गरी भाडामा लगाइएका पसल हटाउन महानगरको टोली आएपछि व्यापारीहरु आफैले सामान हटाउन सुरु गरिएका हुन् । 

Advertisement

व्यापारीले आफै सामान हटाएपछि महानगरको टालीले कुनै हस्तक्षेप नगरी समय दिएको थियो । सामान हटाइसकेपछि बेसमेन्टका सटरहरु भत्काउने महानगरको तयारी छ । 

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले केही दिनदेखि आफ्नै सक्रियतामा अनधिकृतरुपमा बनाइएका संरचना भत्काउने कामको सुरुवात गरेका हुन् । 

Advertisement

Advertisement