अरनिको इन्टरनेशनल कलेजद्वारा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आईटी कम्पनीहरुसँग समझदारी

Advertisement

काठमाडौँ । अरनिको इन्टरनेशनल एसएस एण्ड कलेजले चार ख्यातिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आईटी कम्पनीहरुसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

उच्च माध्यमिक तहका विद्यार्थीहरूलाई गुणस्तरीय आईटी शिक्षा उपलब्ध गराउने उद्देश्य राखेको छ, जसले बजारमा काम गर्न सक्षम आईटी जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ ।

Advertisement

आईटी सेवा र डिजिटलाइजेशनको बढ्दो मागसँगै, विश्वव्यापी आईटी उद्योगमा दक्ष जनशक्तिको ठूलो अभाव छ। नेपाल तथा विदेशमा रहेका धेरै कम्पनीहरूले दक्ष जनशक्तिको अभावको सामना गरिरहेका छन् र भविष्यको मागलाई सम्बोधन गर्न उच्च माध्यमिक तहका विद्यार्थीहरूलाई कार्य(योग्य आईटी सीपहरू उपलब्ध गराउने योजना बनाउन थालेका छन् । यस सम्बन्धमा Treeleaf Technologies, Krafters Technology, AUXFIN र BIT Iconic Pvt Ltd ले अरनिको इन्टरनेशनल एसएस एण्ड कलेजसँग आफ्नो शिक्षामा व्यवहारिक आईटी सीपहरू समावेश गरेर विद्यार्थीहरूलाई भविष्यको आवश्यकताको लागि तयार पार्ने उद्देश्यसाथ सम्झौतामा हस्ताक्षर गरेका छन् ।

अरनिको इन्टरनेशनल एसएस एण्ड कलेज, जसले आफ्नो स्थापनाको ४९ औं वर्ष मनाउँदै छ, आफ्नो स्कूल र कलेजमा  व्यवहारिक आईटी सीपहरू प्रदान गर्दै आएको छ । यस सम्झौताबाट टेक्नोलोजी कम्पनीहरूबाट मद्दत लिँदै कलेजले आफ्ना शिक्षार्थीहरूलाई दक्ष जनशक्तिमा परिणत गर्न सक्नेछ । 

कार्यक्रमलाई अरनिकोका उपाध्यक्ष रमेश पराजुलीले औपचारिक स्वागत गरेका थिए । कार्यक्रममा आईटी साझेदारका प्रतिनिधिहरुले पनि सम्बोधन गरेका थिए । त्यसैगरी अशोककुमार पन्तले विश्वव्यापी आईटी डायस्पोरामा नेपाली आईटी क्षेत्रको गुणस्तर सुधार गर्न यस्तो कार्यक्रमको आवश्यकतामा जोड दिए । 

यसैगरी सविन महर्जनले बजारमा गुणस्तरीय आईटी जनशक्तिको अभाव रहेकोमा चिन्ता व्यक्त गरे भने विकास महर्जनले कार्यक्रमले देशको सूचना प्रविधि क्षेत्रमा सकारात्मक प्रभाव पार्ने कामना गरे । यता बिनिता ठाकुरले यस्तो उद्योग–प्राज्ञिक साझेदारीबाट नेपाल कसरी लाभान्वित हुन सक्छ भन्ने बारेमा आफ्नो विचार व्यक्त गरे । 

कार्यक्रमको समापन प्रधानाध्यापक सुदर्शन नेपालले धन्यवाद ज्ञापन गर्दै गरेका थिए । साझेदारहरूप्रति कृतज्ञता व्यक्त गर्दै  उनले कलेज र साझेदार संस्थाहरुबीचको सहकार्यको निरन्तरतामा जोड दिए । 
 

Advertisement

Advertisement