सीजीले ल्यायो साना घरायसी सामाग्रीहरुको दशैं-तिहार उपहार योजना

Advertisement

काठमाडौँ । इलेक्ट्रोनिक्स् ब्राण्ड सीजी अन्तर्गतको सीजी स्मार्ट डोमेस्टिक एप्लाएन्सेसले यसपालीको दशैं, तिहार, तथा छठको चाडपर्वलाई लक्षित गर्दै नयाँ उपहार योजना बजारमा ल्याएको छ ।

सीजीसँग यो पर्व, ‘गरौं गर्व’ नामक यस योजना अन्तर्गत कम्पनीले विभिन्न बम्पर तथा साप्ताहिक उपहारहरु लिएर आएको छ । यस योजना अन्तर्गत ग्राहकहरुका लागि सी.जी. का साना घरायसी सामाग्रीहरुको खरिदमा बम्परमा ५५ इञ्च ओएलईडी टीभी १ जनालाई, दुबई भ्रमण १ जनालाई, मेगौली सेराइको बसाई २ जनालाई तथा हरेक हप्ता कार भ्याकुम ४ जनालाई जित्नेमौका रहेको छ । 

Advertisement

कम्पनीका अनुसार ग्राहकहरुले यस योजनासँगै सीजीका स्मार्ट उत्पादनहरु घर ल्याई गर्वका साथ नेपालको आफ्नै गुणस्तरीय ब्राण्ड प्रयोग गर्न सक्नेछन्भने आकर्षक उपहारहरुको आनन्द लिई आप्mनो पर्वलाई महापर्व बनाउन सक्ने छन् । 

यो योजना कम्पनीले भदौ ११  गतेदेखि देशभरमा सीमित अवधिका लागि लागु गरेको जनाएको छ । 

Advertisement

Advertisement