युनाइटेड सिमेन्ट्सद्वारा धुनिबेसी नौ नम्बर वडा कार्यालयलाई विभिन्न सामग्री हस्तान्तरण

Advertisement

काठमाडौँ । युनाइटेड सिमेन्ट्स प्रालिले धुनिबेसी ९ को वडा कार्यालयलाई १५ थान सिलाई मेसिन, १० थान कम्प्युटर तथा यसको उपयोग गर्न आवश्यक पर्ने टेबल तथा कुर्सि हस्तान्तरण गरेको छ । 

सोही नगरपालिका कार्यालयमा उक्त सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा धुनिबेसी नगरपालिका उपप्रमुख सुरज उप्रेती, वडा न ९ का अधक्ष माधवप्रसाद सिलवाल, भूपु वडा अध्यक्ष  साहिला राईका लगायतको उपस्तिथी थियो ।

Advertisement

कार्यक्रममा युनाइटेड सिमेन्ट्सका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले बिगतका दिनहरुमा पनि शिक्षा तथा स्वास्थ्य जस्ता क्षेत्रमा हरेक तरहले सहयोग गर्दै आएको बताए । 

ललितपुरको लेलेमा रहेको आफ्नै चुनढुंगा खानी तथा धादिङमा रहेको उद्योगबाट युनाइटेड सिमेन्ट्सले बिगत ७ वर्षदेखि गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको छ ।  
 

Advertisement

Advertisement