न्याय माग्न प्रदर्शनमा निस्किएका मिटरब्याज पीडितहरुमाथि प्रहरीको हस्तक्षेप

Advertisement

काठमाडौं । विरोध प्रदर्शनका लागि माइतीघर आउँदै गरेका मिटरब्याज पीडितहरुमाथि कीर्तिपुरमा प्रहरीले हस्तक्षेप गरी पक्राउ गर्नुका साथै कतिपयलाई लाठी प्रहार गरेर घाइते बनाएको छ । 

लामो समयदेखि काठमाडौंमै बसेर न्यायका लागि संघर्ष गर्दै आएका उनीहरुले न्यायका लागि सरकारलाई दबाब दिँदै आएका थिए । विरोध प्रदर्शनका लागि नारा लगाउँदै झण्डा बोकेर आएका उनीहरुलाई प्रहरीले रोक्ने क्रममा मुठभेड भएको हो । 

Advertisement

Advertisement

Advertisement