आसियानका अर्थमन्त्रीहरुको बैठक कम्बोडियामा

Advertisement

कम्बोडिया । दक्षिण पूर्वी एसियाली देशहरुको सङ्गठन (आसियान)का अर्थमन्त्रीहरुको बैठक कम्बोडियामा सुरु भएको छ । कोरोना भाइरसको महामारीपछिको अर्थतन्त्रका बारेमा छलफल गर्न अर्थमन्त्रीहरुको बैठक आयोजना गरिएको हो । 

बुधबारबाट सुरु भएको आसियानका अर्थमन्त्रीहरुको बैठक ५४ औँ बैठक हो । बैठकमा अर्थतन्त्रका अन्य विविध आयामहरुका बारेमा पनि छलफल हुने जनाइएको छ ।

Advertisement

बैठकको उद्घाटन समारोहमा बैठक आयोजक कम्बोडियाका प्रधानमन्त्री सामडेच टेचो हुन सेनले सम्बोधन गरेका थिए । विश्व समूदायले अहिले विकास र अर्थतन्त्रका क्षेत्रमा नयाँ चुनौती र समस्याहरुको सामना गरिरहनु परेको उनले सो अवसरमा वताएका थिए ।  

आसियानमा आवद्ध देशहरुले नयाँ चुनौती र समस्याहरुलाई समाधानका उपायहरु पहिचान गरी अन्य देशहरुलाई त्यसतर्फ डोर्याउनु पर्नेमा उहाँले जोड दिएका थिए । त्यसैगरी कानुनको शासन, विश्वव्यापीकरण, वहुदेशीय सहकार्य, बहुदेशीय संरचना निर्माण तथा संचालन, व्यापार तथा लगानी, संरक्षणवादलगायतका विषयमा पनि छलफल गर्न उनले सुझाव दिए ।   

सम्मेलनको अध्यक्षता गरेका कम्बोडियाका अर्थमन्त्री पान सोरासाकले दिगो, समावेसी र उदारवादी अर्थतन्त्रको विकासका लागि काम गर्नुपर्नेमा जोड दिए । आसियानअन्तर्गत ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड र भियतनाम पर्दछन् । रासस/सिन्ह्वा  

Advertisement

Advertisement