प्रभु बैंकका ग्राहकलाई क्लासिक प्लाजामा छुट दिने सम्झौता

Advertisement

काठमाडौँ । प्रभु बैंक र सिमरा स्थित क्लासिक प्लाजा होटल प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

बैंकका तर्फबाट सिमरा शाखा कार्यालय प्रमुख विवेक नकर्मी र क्लासिक प्लाजाका तर्फबाट महाप्रबन्धक पुष्पराज भट्टद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो ।

Advertisement

सम्झौता अनुसार बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका ग्राहकहरुले क्लासिक प्लाजा होटलद्धारा सञ्चालित फुड सेवामा १५ प्रतिशत र वेभरेज सेवामा १० प्रतिशतका साथै लजिङ सेवामा ३० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उक्त सम्झौता अन्तर्गत क्लासिक प्लाजा होटलमा सुविधा लिन चाहने बैंकका ग्राहकहरुले डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, क्लासिक प्लाजा होटल प्रा. लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । 

Advertisement

Advertisement