सानिमा बैंकमा ग्राहकहरु आफैँले मेशिनबाटै नगद जम्मा गर्ने सुबिधा

Advertisement

काठमाडौँ । सानिमा बैंकले ग्राहकहरुको सुविधाका लागि क्यास डिपोजिट मेशिन सञ्चालनमा ल्याएको छ । उक्त मेशिनबाट ग्राहकहरु आफैँले नै खातामा रकम जम्मा गर्न सक्ने छन् । 

यस सुबिधाबाट ग्राहकहरुलाई काउन्टरमा लाइन बस्न पर्ने झन्झटबाट मुक्त तथा समयको बचत हुने बैंकले विश्वास लिएको छ ।

Advertisement

हाल उक्त मेशिनबाट ग्राहकहरुले रु. ५०० र १००० दरका रु. १ लाखभन्दा कम नेपाली नोट रकम जम्मा गर्न सक्नेछन् । यसरी रकम जम्मा भएपछि ग्राहकले जम्मा रसिद प्राप्त गर्नेछन् । हाल यो सुबिधा बैंकको केन्द्रीय कार्यालय, नक्सालबाट प्राप्त हुनेछ । 

बैंकको देशभर १२७ कार्यालयहरु र १२० वटा एटिएम संजालहरु संचालनमा रहेका छन् । 

Advertisement

Advertisement