आउँदो संसदीय निर्वाचनमा हिंसात्मक हुने संभावना छः सीपी गजुरेल ‘हामी भाग लिन्नौं’

Advertisement

काठमाडौं । विभिन्न चार कम्युनिष्ट दलहरुले आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनमा भाग नलिने घोषणा गरेका छन् । बिहीवार पत्रकार सम्मेलन गरी उनीहरुले निर्वाचन बहिष्कार गर्ने जानकारी दिएका हुन् । 

निर्वाचन बहिस्कार गर्ने दलहरुमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नेकपा (मसाल) र माओवादी कम्युनिष्ट पार्टी छन् । उनीहरुले निर्वाचनमा भाग लिनु जनतालाई दुःख र कष्ट दिएको अहिलेको संसदीय व्यवस्थालाई बढावा दिनुसरह हुने भएकाले बहिष्कार गर्ने निर्णय गरेको बताए । 

Advertisement

पत्रकार सम्मेलनमा बोल्दै देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलले नागरिकता विधेयकको बिरोध गर्नेहरुले नागरिकले नागरिकता पाउने अधिकारलाई खोस्न खोजेको भन्ने भ्रम छरेको बताए । उनले मधेसमा नागरिकताको विषय धेरै जटिल भएकोले मधेसमा नागरिकता पाउने खास जाती र वर्गलाई पहिचान गरेर नागरिकता प्रदान गर्न आग्रह गरे । 

गजुरेलले भूमिहीन सुकुम्वासीलाई घरमै पुगेर नागरिकता वितरण गर्नुपर्ने बताए । उनले नागरिकता वितरण गर्ने काम सबैभन्दा धेरै मधेसमा हुनुपर्ने बताए । गजुरेलले नागरिकताको विषयलाई सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेले राजनीति गरेको बताए । 

उनले नागरिकतालाई मुख्य मुद्दा बनाएपछि नेपालमा ठूलो ध्रुविकरणको सम्भावना रहेको बताए । उनले यस वर्षको चुनावमा हिंसात्मक गतिविधि बढी हुने स्थिति रहेको बताए ।

Advertisement

Advertisement