एलिजाबेथको अन्त्यष्टिमा भारतले राष्ट्रपति पठायो, चीनले उपराष्ट्रपति, तर नेपालले...

Advertisement

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले बेलायती महारानी एलिज़ाबेथको अन्त्यष्टिमा नेपालले उपराष्ट्रपतिलाई नपठाउनु ऐतिहासिक संवेगलाई भङ्ग गर्नु भएको बताएका छन् । 

सामाजिक सञ्जालमा लेख्दै उनले भारतले आफ्नो राष्ट्रपति र चीनले आफ्नो उपराष्ट्रपतिलाई पठाएको अन्त्यष्टि समारोहमा नेपालले भने उच्च राजनीतिक तहको व्यक्तिलाई नपठाउनु नेपालको कुटनीतिक परम्पराविपरित भएको भन्दै यो असामान्य विषय भएको बताएका छन् । 

Advertisement

पाण्डेले लेखेका छन्, ‘कूटनीतिमा मोमेन्टम संवेगको विशेष महत्व हुन्छ । नेपाललाई ईतिहासमा सधैं स्वतन्त्र राख्ने दौत्यसम्बन्धको ईतिहास शुरु गर्ने दक्षिण एसियाको पहिलो देश बनाउने यशस्वी पुर्खाहरुले यो बुझेका थिए । तत्कालिन महाशक्ती ब्रिटेनका राजा एडवोर्ड  छेटौ सन १८७६ मा र राजा जर्ज पाँचौले सन १९११ मा शुरु गरेको नेपाल भ्रमणको परम्परालाई महारानी एलिज़ाबेथले सन १९६१ र १९८६ मा निरन्तरता दिनुभएको थियो । ब्रिटेनको राजकीय भ्रमण गर्ने दक्षिण एसियाको पहिलो राष्ट्र प्रमुख राजा महेन्द्रले सन १९६० मा लण्डनमा विन्स्टन चर्चिललाई नेपालतारा तक्मा र मानार्थ नागरिकता दिनुभएको थियो । ईतिहासको यस्तो अनुपम संवेगलाई नेपालले अहिले भङ्ग गरेको छ । महारानी एलिज़ाबेथको अत्येष्टिमा भारतले राष्ट्रपति र चीनले उपराष्ट्रपति पठायो तर नेपालले आफ्नो कूटनीतिक परम्परा अनुसार उपराष्ट्रपतिलाई पठाएन । ऐतिहासिक संवेगलाई भङ्ग गर्नु, सम्बन्धलाई अवनत गर्नुलाई कुटनीतिमा असामान्य मानिन्छ ।’

Advertisement

Advertisement