शेर्पा भाषा एप सार्वजनिक

Advertisement

काठमाडौं । विश्व शेर्पा दिवसको दिन शेर्पा भाषाको एप सार्वजनिक गरिएको छ । विश्व शेर्पा संघको पहलमा शेर्पा भाषा सिक्न चाहनेहरुको लागि शेर्पा भाषाको एप निर्माण गरिएको हो । 

विभिन्न देशमा बसोवास गर्ने शेर्पाहरूले आर्थिक सहयोगमा एप निर्माण गरिएको जनाइएको छ । शेर्पा समुदायका धर्म गुरु सेन्दोक टुल्कुबाट यो एप सार्वजनिक गरिएको हो । 

Advertisement

यसमार्फत अब विश्वभर जहाँबाट पनि जोकोहीले सजिलै शेर्पा भाषा सिक्न सक्ने संघका अध्यक्ष आङदोर्जी लामा शेर्पाले बताए । अबको नयाँ पुस्ताले आफनो फोन, कम्प्युटर वा ल्यापटपबाट सजिलेसँगै शेर्पा भाषा सिक्न सकुन् र बोलुन भन्ने उद्देश्यका साथ एप तयार पारेको गरेको उनको भनाई छ । 

अध्यक्ष शेर्पाले भने, ‘एपले युवाहरूलाई भाषा सिक्न सहज हुने र आम शेर्पा समुदायमा भाषाशैलीमा एकरुपता ल्याउन सहयोग पुग्नेछ ।’ शेर्पा भाषाको संरक्षण, विकास र विस्तारका लागि एपले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले बताए ।

एपमा नेपाली, अंग्रेजीको माध्यमबाट शेर्पा भाषाको शब्द, वाक्य र उच्चारण गर्ने तरिका सिक्न सकिन्छ ।  साथै, एप सार्वजनिक कार्यक्रममा शेर्पा भाषा एप निर्माणका लागि आर्थिक सहयोग गरेका विश्वका विभिन्न मुलुकमा शेर्पा संघसस्था, व्यक्तिलाई सम्मानपत्र प्रदान गरिएको थियो । संघले सन् २०१७ देखि अक्टुबर ८ लाई विश्व शेर्पा दिवसको रुपमा मनाउँदै आएको छ ।

Advertisement

Advertisement