बुद्ध एयर २६औँ वर्षमा प्रवेशः नयाँ जहाज थप गर्दै नयाँ रूटको खोजी गर्ने योजना

Advertisement

काठमाडौं । बुद्ध एयरले स्थापनको २५ वर्ष पूरा गरेको छ । २६ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले आज एक समारोहकाबीच वार्षिकोत्सव मनाएको छ । 

बुद्ध एयरको स्थापना सन् १९९७ मा भएको हो । एउटा जहाजबाट शुरु गरेको हवाई उडानको यात्रा १६ वटा जहाजसम्म पुगेको छ । 

Advertisement

वार्षिकोत्वसका अवसरमा बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले अझै नयाँ गन्तव्य र अवसरको खोजी भइरहेको बताए । उनले आगामी दिनमा बुद्ध एयरलाई थप विश्वसनीय बनाउन मेहनतका साथ लागिरहने उल्लेख गरे । 

बस्नेतले भने, कोरोना महामारीले ८ महिनासम्म असहज अवस्थामा पुगेको हवाई उद्योगको पुनरुत्थान हुँदै पुनः पुरानै लयमा पुगेको छ ।

बुद्ध एयरले २५ वर्षको यात्रा पार गर्दा दुई लाख ६४ हजार ९ सय १८ वटा फ्लाईट गरिसकेको छ भने एक करोड ८० लाख ३२ हजार ४ सय ५८ जनाले यात्रा गरेका छन् । 

बुद्धले निकट भविष्यमा ३ एटीआर जहाज थप गर्ने योजना सार्वजनिकसमेत गरेको छ । 

कम्पनीले हाल ५६ प्रतिशत बजार हिस्सा ओगटेको छ । बुद्धले आधुनिक प्रविधियुक्त नयाँ जहाज थप गर्दै नयाँ रूटको खोजीसमेत बढाउदै जाने जनाएको छ । 

हाल ४३ वटा रुटहरुमा उडान भर्दै आएको छ, १५ सय जना कर्मचारीहरु मेहनतका साथ लागि परेका जनाएको छ । 

Advertisement

Advertisement