रोम एक्स्पो–२०३० मा भाग लिन इटालीका राजदूतको आग्रह (रोम सभ्यता झल्किने चित्रहरु हेर्नुहोस्)

Advertisement

काठमाडौं । नेपाल लागि इटालीका राजदूत भिनसेन्जो डे लुकाले रोम एक्स्पो–२०३० मा भाग लिन नेपाली नेपालीहरुलाई आग्रह गरेका छन् ।     
     
ठमेलस्थित एलोफ्ट होटलमा व्यवसायी पृथ्वीबहादुर पाण्डेद्धारा संकलित रोम सहरको ऐतिहासिक कला, संस्कृति, सभ्यता र धरोहर झल्काउने भिडियो र तस्वीर प्रदर्शनीका अवसरमा उनले सन् २०३० मा रोममा हुने बृहत् मेलामा भाग लिन नेपाली सङ्घसंस्थाका प्रतिनिधि, उद्यमी–व्यवसायीलाई आग्रह गरेका हुन् । यस्ता तस्वीरहरु संकलनमा सौखिन पाण्डेले एलोफ्ट होटलमा तस्वीरहरु प्रदर्शनी स्थल नै तयार गरेका छन् । 
     
ऐतिहासिक साँस्कृतिक शहर इटालीको राजधानी रोममा हुने बृहत् मेलामा विश्वका ४० लाखभन्दा बढी सङ्घसंस्थाका प्रतिनिधि सहभागी हुने बताउँदै लुकाले विश्वका प्राचिन शहर, संस्कृतिलाई जोड्न, सहकार्य गर्न र संरक्षण गर्न यस मेलाले सहयोग गर्ने विश्वास व्यक्त गरे । 

उनले आपसी सहयोग, सहकार्य र सहअस्तित्वका आधारमा घनिष्ट सम्बन्ध भएको सुन्दर देश नेपालका तर्फबाट उल्लेख्य सहभागिता हुने आशा व्यक्त गरे । 
     
विश्वका प्रतिष्ठित सङ्घसंस्था, व्यक्ति र कम्पनीलगायतले भाग लिने बृहत् रोम मेलामा ऐतिहासिक सम्पदा, कला, संस्कृति, आविष्कार, दिगो विकास, विज्ञान प्रविधि, हरियाली, वातावरण संरक्षण, उद्यमशीलतालगायतका क्षेत्रमा अनुभवको आदानप्रदान भई समग्र विश्वसमुदाय लाभान्वित हुने विश्वास व्यक्त गरिएको छ ।     
     
इटालीका लागि नेपाली अवैतनिक वाणिज्यदूत प्रतिमा पाण्डेले कला, संस्कृति, सभ्यता र विकासका दृष्टिले सम्पन्न मुलुक इटालीसँग नेपालको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै बृहत् रोम मेलाबाट नेपाल पनि लाभान्वित हुनसक्नुपर्ने बताइन् ।     
     
रोम सहरको कला, संस्कृति, सभ्यता झल्काउने चित्रकला तथा भिडियोको प्रदर्शनी दुई हप्तासम्म चल्ने छ । आजको कार्यक्रममा कलाप्रेमी, व्यवसायी, इटालियन नागरिकहरुको सहभागिता थियो । 

Advertisement

Advertisement

Advertisement