आईएमई लाइफका संस्थापक शेयरधनीहरुले शतप्रतिशत शेयरपूँजी थप गर्ने

Advertisement

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौ वार्षिक साधारण सभा बुधबारसञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको अध्यक्षतामा लैनचौर ब्यांक्वेटमा सम्पन्न भएको छ । 

सो सभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तीय विवरणहरु पारित गरेको छ । 

Advertisement

जीबन बीमा कम्पनीको चुक्ता पूँजी रु. ५ अर्व पुर्याउनुपर्ने प्रावधान बमोजिम पूँजी वृद्धिका लागि संस्थापक शेयरधनीबाट हाल कायम रहेको चुक्ता पूँजीको शत प्रतिशत बराबरको शेयर पूँजी थप गर्ने, शेयर पूँजी थप भए पश्चात् सर्वसाधारणका लागि छुट्याइएको शेयर निश्कासन गर्ने लगायत कम्पनीको प्रवन्ध–पत्रको उद्देश्यमा कम्पनीले आवश्यकता अनुसार विभिन्न सहायक कम्पनीहरु स्थापना गर्ने उद्देश्य थप गर्ने प्रस्ताव गारित भएको छ । 

साथै संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने सम्बन्धी प्रस्तावहरु उपर छलफल गरी सो प्रस्तावहरु सर्वसम्म्तिबाट पारित भएको छ ।

सभाले आर्थिक वर्ष २०७७/०७८ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा प्रभावितहरुको उपचारका लागि नेपाल सरकारबाट स्थापित कोरोना रिलिफ एण्ड प्रिभेन्सन फन्डमा कम्पनीका तर्फबाट गरीएको योगदान /आर्थिक सहायताको अनुमोदन समेत गरिएको थियो ।

Advertisement

Advertisement