सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य १० रुपियाँ घट्यो

Advertisement

काठमाडौँ । बिहीबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने घटेको छ । चाँदी प्रतितोला १० रुपियाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपियाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ७ सय रुपियाँमा कारोबार भइरहेको छ । हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो । 

Advertisement

त्यसैगरी चाँदी भने प्रतितोला १ हजार १ सय ९० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement