जलवायु परिवर्तनको असर कम गर्न नियम कानुन छ, पैसा र प्रविधि छैन्ः डा। उप्रेती

Advertisement

काठमाडौं । जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले जलवायु परिवर्तनको असर कम गर्न नियम कानुन भए पनि पैसा र प्रविधि नरहेको बताएका छन् । नानसँगको कुराकानीमा उनले सरकारले नियम कानुन बनाए पनि त्यसलाई कार्यान्वयनमा लैजान नसकेको बताए । 

उप्रेतीले जलवायु परिवर्तनको असरलाई कम गर्न सरकार एक्लै र कुनै एउटा क्षेत्रले मात्र नसक्ने बताए । उनले भने, ‘सरकारले कुन संस्थासँग कस्तो विज्ञता छ ? कस्तो विज्ञ कहाँ परिचालन गर्ने र केन्द्रदेखि स्थानीय तहसम्मको सहकार्यलाई बढाउन आवश्यक छ ।’

Advertisement

उप्रेतीले विगत १० वर्षको तथ्यांकलाई हेर्दा नेपालमा सबै विपद्जन्य घटनाको कुल क्षतिमा आधा क्षति जलवायु परिवर्तनका कारण भएको जिकिर गर्दै यस अवधिमा नेपालमा सबै खालका विपद्बाट ४५ अर्ब बराबरको क्षति भएको बताए । 

विगत १० वर्षमा सबै खालका विपद्बाट १५ हजार मानिसले ज्यान गुमाएको, सबै खालका विपद्बाट २८ हजार जति पशुचौपायको क्षति भएको र नौ लाख जति भौतिक संरचनाहरु ध्वस्त भएको उनले विवरण दिए । 

जलवायु परिवर्तनका कारण मात्रै विगत १० वर्षमा २० अर्ब बराबरको क्षति भएको तथ्यांकले देखाएको बताउँदै उप्रेतीले जलवायु परिवर्तनका कारण हालै कर्णाली र सुदूरपश्चिममा अकल्पनीय घटनाहरु भएको दावी गरे । यही असोजमा ठूला बाढी आउनु जलवायु परिवर्तनको असर रहेको उनको तर्क छ । 

यस वर्ष ‘सबैको लागि पूर्व सूचना, सबैको लागि पूर्व कार्य’ भन्ने नारासहित विश्व अन्तर्राष्ट्रिय विपद् जोखिम न्युनिकरण दिवस मनाइँदैछ । 

Advertisement

Advertisement