सत्यमोहन जोशीको शरीर नजलाइ राखिने

Advertisement

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर नजलाइ अध्ययनका लागि किष्ट मेडिकल कलेजमा राखिने भएको छ ।

अस्पतालका डा. किशोर सिंह बस्नेतका अनुसार स्वर्गीय जोशीको इच्छाअनुसार नै उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर कलेजमा राखिने छ । 

Advertisement

जोशीले मृत्युपछि आफ्नो शरीर दान गर्ने घोषणा गरेका थिए । उनको आइतबार बिहान १०३ बर्षको उमेरमा निधन भएको हो । नेपालको लामो राजनीतिक तथा सामाजिक परिवर्तनको साक्षी रहेका जोशीको निधनप्रति नेताहरुले शोक वक्तव्य दिएका छन् । 

Advertisement

Advertisement