बीवाइडीको नयाँ ‘स्टेट अफ दि आर्ट शोरुम’ नारायणचौर नक्सालमा

Advertisement

काठमाडौं । बीवाइडीको एक मात्र आधिकारीक विक्रेता साइमेक्स इंकले आफ्नोपहिलो स्टेट अफ दि आर्ट शोरुम काठमाडौंको नारायणचौर नक्सालमा संचालनमा ल्याएको छ । 

कम्पनीले आज कार्यक्रमको आयोजना गर्दै नयाँ शोरुम संचालनमा ल्याएको हो ।

Advertisement

यसअघि बीवाइडी पार्कको कन्सेप्टमा आधारित रहेर आफ्ना उत्पादन विक्री गर्दै आएको साइमेक्स इंकले नयाँ इलेक्ट्रीक एसयूभी एटो थ्री बजारमा उतारेसँगै नयाँ शोरुम पनि संचालनमा ल्याएको हो ।

नयाँ शोरुमको उद्घाटन कम्पनीका ब्राण्ड एम्बेस्डर हरिबंश आचार्य, चर्चित बैंकर अनिल शाह, साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठ लगायतको उपस्थितिमा भएको हो । 

शोरुमको शुभारम्भ गर्दै कम्पनीका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन्, ‘सबैको माया र विश्वासको कारण हामी नयाँ मोडल र नयाँ संरचना निर्माण गरेर सेवा दिन तयार भएका छौं । हामीले केही दिनअघि मात्रै पनि विक्री पछिको सेवा प्रदान गर्न गौरिघाटमा नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएका छौं । त्यसले बीवाइडीको गाडी चढ्ने हरेक ग्राहकको आवश्यकता पुरा गर्नेछ । साइमेक्स इंकका सीइओ साहिल श्रेष्ठले नयाँ मोडल एटो थ्रीको विषयमा जानकारी दिदै प्रिमियम इलेक्ट्रीक कार खोज्नेको लागि एटो थ्री उपयुक्त मोडल भएको जानकारी दिइन् । 

बीवाइडीले नक्सालमा बनाएको नयाँ शोरुम ३ हजार स्क्वायर फिटमा फैलिएको छ ।


 

Advertisement

Advertisement