क्रिकेटर सन्दीप अझै थुनामा रहने, थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

Advertisement

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । 

जिल्ला अदालत काठमाडौंले बुधवार पुनः ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । गत असोज २० पक्राउ परेका क्रिकेटर लामिछानेलाई २० गतेबाट गणना हुनेगरी गत असोज २४ गते ७ दिनका लागि म्याद थप गरिएको थियो । सो समय सकिएपछि असोज २७ गते पुनः थप ५ दिन अनुसन्धानका लागि समय उपलब्ध गराएको थियोे । 

Advertisement

दोस्रो पटक थपिएको समय पनि सकिएपछि कार्तिक १ गतेका लागि अदालतमा उपसिथत गराउनुपर्नेमा सार्वजनिक बिदाका कारण आज (बुधवार) अदालतमा उपस्थित गराइएको हो । अदालतले आज पुनः ४ दिनको म्याद थप गरी अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको छ । 

गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरी गत सोमवार अदालतमा उपस्थित गराएको थियो । अनुसन्धानका लागि प्रहरीले ७ दिनको समय माग गरेपनि अदालतले ४ दिनको समय उपलब्ध गराएको अधिवक्ता सरोजकृष्ण घिमिरेले बताए । 

उनले भने, ‘प्रहरीले ७ दिनको म्याद माग्ुनभएको थियो, श्रीमानले ४ दिनको मात्रै म्याद थप्नुभयो । आईतवार प्रश्तुत गर्ने शर्तमा ४ दिनको म्याद थपिएको छ ।’ एक १७ वर्षीय किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई असोज २० गते नेपाल आएलगत्तै विमानस्थलबाट पक्राउ गरिएको थियो । 

काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए । 
 

Advertisement

Advertisement