एनआईसी एशिया बैंकको सञ्चालकमा लम्साल नियुक्त

Advertisement

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकमा ३० वर्ष लामो अनुभव संगालेका केशवप्रसाद लम्साल एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक नियुक्त भएका छन् ।  

बैंकको सञ्चालक समितिको आज बसेको बसेकोले  आजैदेखि लागू हुने गरी लम्साललाई उक्त पदमा नियुक्त गरेको हो । 

Advertisement

नवनियुक्त सञ्चालक लम्सालले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएका छन् । 

अर्थशास्त्र एवं बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तरसम्म अध्ययन गरेका उनी राष्ट्रिय वाणिज्य बैंकमा विभिन्न विभागहरुको नेतृत्व सम्हाल्दै नायब प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश भएका थिए । 

Advertisement

Advertisement