गरिमा विकास बैंकका ग्राहकलाई ‘द हिमालयन ग्रिल’ रेष्टुरेन्टमा छुट दिने सम्झौता

Advertisement

काठमाडौँ । प्रतिष्ठित रेस्टुरेन्ट ‘द हिमालयन ग्रिल बाई बाजेको’ र गरिमा विकास बैंकबीच रेस्टुरेन्टले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

उक्त   सम्झौतामा बैंकको बजारीकरण विभाग प्रमुख रमेश रिजाल र रेस्टुरेन्ट ‘द हिमालयन ग्रिल बाई बाजेको’ अध्यक्ष मौसमकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

Advertisement

सम्झौतापत्र अनुसार यस बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहकहरुले काठमाडौंको सामाखुसी मा अवस्थित ‘द हिमालयन ग्रिल बाई बाजेको’ बाट फुड एण्ड वेभरेजमा आकर्षक १५ प्रतिशत छुट पाउने छन् । 

बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैकिङ सेवा दिंदै आईरहेको छ । 

Advertisement

Advertisement