चिनियाँ राष्ट्रपति सी तेस्रो कार्यकालका लागि निर्वाचित, पोलिटब्युरोमा छैनन् महिला

Advertisement

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले माओत्सेतुङले चिनियाँ कम्युनिस्ट पार्टी स्थापना गरेयता चीनले देखेका सबैभन्दा प्रभावशाली नेताहरूमध्ये एकका रूपमा देशको शीर्ष नेताको रूपमा अभूतपूर्व तेस्रो कार्यकाल हासिल गरेका छन् । 

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को २०औँ केन्द्रीय समितिको आइतबार सम्पन्न पहिलो पूर्ण अधिवेशनमा सी चिनपिङ महासचिवमा निर्वाचित भएको सरकारी सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ ।

Advertisement

सीको अध्यक्षतामा भएको उक्त सत्रमा चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिका २०३ सदस्य र १६८ वैकल्पिक सदस्यको सहभागिता थियो । उक्त सत्रमा सीलाई सीपीसी केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि नियुक्त गरिएको थियो । एक हप्ता लामो बैठकपछि पाँच वर्षमा एक पटक सम्पन्न भएको राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । 

सीपीसीको सूचीकृत २०५ सदस्यमध्ये ११ जना मात्र महिला रहेका छन् । सीपछिका दोस्रो शक्तिशाली अधिकारीका रूपमा हेरिँदै आएका चिनियाँ प्रधानमन्त्रीलाई नयाँ केन्द्रीय समितिमा समावेश गरिएको छैन । जसको अर्थ लीले आफ्नो पार्टी भूमिकाबाट विदा लिने भएका हुन् ।  

पोलिटब्युरो सदस्यमा महिला छैनन्
चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च निकाय पोलिटब्युरोमा पूर्ण सदस्यका रुपमा महिला छानिएका छैनन् । पार्टीको इतिहासमा २५ वर्षपछि पहिलो पटक पोलिटब्युरोमा महिला सदस्य नछानिएका समाचारमा जनाइएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोमा यसअघि सन चुनलान रहेकामा उनले यसपटक अवकास पाएपछि अहिले कुनै पनि महिला पोलिटब्युरोमा छानिएका छैनन् । 

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिका दुई सय तीन सदस्य र एक सय ६८ वैकल्पिक सदस्यको सहभागिता थियो । एक हप्ता लामो बैठकपछि पाँच वर्षमा एक पटक आयोजना हुने राष्ट्रिय महाधिवेशन आइतबार सम्पन्न भएको हो । रासस/सिन्ह्वा 

Advertisement

Advertisement