काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एक साताअघि स्थगित गरेको प्याराग्लाइडिङ उडान पुनः सुचारु गर्ने निर्णय गरेको छ । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत प्याराग्लाइडिङ विधाको प्रतिस्पर्धामा एक खेलाडीको निधन भएपछि स्थगित गरिएको यो उडान पुनः सुचारु गरिएको हो ।
प्राधिकरणले प्याराग्लाइडिङको व्यवसायिक उडानलाई अनुमति दिए पनि केही शर्तहरु भने राखिएको छ ।