एनसीसी बैंकले कमायो ५१ करोड खुद नाफा

Advertisement

काठमाडौँ । एनसीसी बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा ५१ करोड ६८ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष समीक्षा अवधिमा बैंकले ५१ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियोख। 

बैंकले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार वितरणयोग्य नाफा १ अर्ब रुपियाँ भन्दा बढी रहेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ९३ करोड २७ लाख रुपियाँ थियो । 

Advertisement

बैंकले सञ्चालन मुनाफाबापत ७१ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको छ । १ अर्ब १२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यसैगरी बैंकले १ खर्ब २७ अर्ब रुपियाँ निक्षेप संकलन गरी १ खर्ब १३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । 

बैंकको रिजर्भको आकार १८.३० प्रतिशतले बढेर ४ अर्ब ४४ करोड रुपियाँ पुगेको छ । प्रतिसेयर आम्दानी १८.५६ रुपियाँ छ भने प्रतिसेयर नेटवर्थ १४८.९४ रुपियाँ रहेको आज प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।  

Advertisement

Advertisement