आज साँझ खण्डग्रास सूर्यग्रहण, ग्रहण लाग्दा भोजन र शुभकार्य नगर्नु राम्रो

Advertisement

काठमाडौं । आज (कात्तिक कृष्ण औँसी) साँझ खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । ग्रहणकै अवस्थामा सूर्यास्त हुने भएकाले यसलाई ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण भनिएको छ । 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहण आज अपरान्ह ४ः५२ बजे स्पर्श गर्नेछ ग्रहणकै अवस्थामा ५ः २४ बजे सूर्यास्त हुनेछ । 

Advertisement

नेपालमा ग्रहणकै अवस्थामा सूर्यास्त भए पनि ६ः४५ मा मात्रै ग्रहणले छोड्ने छ । ग्रहणको अवस्थामा सोझै सूर्यलाई हेर्न नहुने, भोजन गर्न  र शुभकार्य नहुने धार्मिक मान्यता छ जसलाई आधुनिक विज्ञानले पनि तर्कसंगत रहेको औंल्याएको छ । 

Advertisement

Advertisement