महाकवि देवकोटाको जन्मजयन्तीमा मुकुन्द पौडेलसहित तीन साहित्यकार सम्मानित

Advertisement

रत्ननगर (चितवन) । महाकवि लक्ष्मीप्रसाद  देवकोटाको ११४औं जन्मजयन्तीको अवसरमा वाल्मीकि साहित्य सदन चितवनले मुकुन्द पौडेलसहितका साहित्यकारहरुलाई आइतबार सम्मान गरेको छ । 

गीत, कविता लेखनमा सक्रिय रहँदै विभिन्न पुस्तक र सांगीतिक भिडियोहरु ल्याइसकेका पौडेललाई संस्थाले दोसल्ला र सम्मानपत्रसहित सम्मान प्रदान गरेको हो । सोही अवसरमा संस्थाले  अर्का दुई साहित्यकारहरु उदय अधिकारी र गीता लामिछानेलाई पनि सम्मान गरेको थियो । 

Advertisement

सोही अवसरमा साहित्य क्षेत्रमा समेत लागेका डा. कृष्ण पौडेललाई संस्थाको मानार्थ सदस्यता प्रदान गरिएको थियो । कार्यक्रममा साहित्यकारहरुले आफ्ना रचनाहरु वाचन गरेका थिए । सम्मानित व्यक्तिहरुका बारेमा लक्ष्मण अर्याल, कपिल अज्ञात र केशवराज आमोदी बोलेका थिए । 

सदनका अध्यक्ष रामबाबु घिमिरेले नेपाली भाषा साहित्यका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएवापत साहित्य क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई सम्मान प्रदान गरेको बताए । 

Advertisement

Advertisement