प्रचण्डको उम्मेदवारी दर्तापछि बिरामी परेकी सीता दुई साताको अस्पताल बसाईपछि डिस्चार्ज

Advertisement

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल दुई साता लामो उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।

स्वास्थ्यमा समस्या आएपछि १५ दिनअघि उनी मेडिसीटी अस्पताल भर्ना गरिएको थियो । पति प्रचण्डले  प्रतिनिधिसभा सदस्यका लागि गोरखाबाट उम्मेदवारी दिएर चुनावी प्रचारमा लागेको बेला उनी बिरामी भएकी थिइन् । अहिले आमाको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको उनकी छोरी गंगा दाहालले जानकारी दिएकी छिन् ।

Advertisement

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘आज १५ दिनको हस्पिटल बसाइँपछि स्वास्थ्य लाभको कामना गर्नुहुने शुभेच्छुकहरुको माया र आशिर्वादले ममीको स्वास्थ्यमा सुधार आइ आज फेरि डिस्चार्ज गरि घर ल्याइएको छ । सम्पूर्ण शुभेच्छुकहरूमा आभारसहित धेरै धेरै धन्यवाद ।’

पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट लामो समयदेखि पीडित सीताको उपचारका लागि प्रचण्डले उनलाई स्वदेश र विदेशमा विभिन्न विधि अपनाए पनि निको हुन सकेको छैन् । अहिले उनी  मधुमेह र उच्च रक्तचापबाट समेत पीडित छिन् ।

Advertisement

Advertisement