प्रदेश सभामा गठबन्धनको साझा उम्मेदवार छैनन्, मित्रवत प्रतिष्पर्धामा छौंः समाजवादी

Advertisement

काठमाडौँ । गठबन्धनका साझा उम्मेदवार भनी भ्रम सिर्जना गर्ने कार्य भइरहेकोप्रति नेकपा (एकीकृत समाजवादी) चन्द्रपुर नगर कमिटीले आपत्ति जनाएको छ । 

एकीकृत समाजवादी रौतहट क्षेत्र नम्बर ४ (क) का निर्वाचन परिचालन कमिटी संयोजक बाबुराम दाहालले आज विज्ञप्ति प्रकाशित गरी कलम छाप र नेकपा माओवादी केन्द्रका प्रदेश सभा उम्मेदवारबीच मित्रवत प्रतिष्पर्धाको अवस्था रहेको उल्लेख गरेका छन् । 

Advertisement

विभिन्न विज्ञप्ति र सूचीका नाममा विभिन्न व्यक्ति र सामाजिक सञ्जाल मार्फत भ्रम सिर्जना गर्ने कार्य भइरहेको प्रति आपत्ति जनाउँदै आफूहरु कलम छापका उम्मेदवार बालकृष्ण श्रेष्ठलाई विजयी गराउने अभियानमा निरन्तर सक्रिय रहेको उल्लेख गरेका छन् । 

पार्टी कार्यकर्ता, शुभचिन्तकका साथै बुद्धिजीवी, श्रमजीवी लगायत सम्पूर्ण जनसमुदायमा भ्रममा नपरी आफूहरुको अभियानमा साथ दिन दाहालले विज्ञप्ति मार्फत आग्रह गरेका छन् । 
 

Advertisement

Advertisement