हिरो मोटरसाईकलका ग्राहकले शुरु गरे लोमाङ्गथान भ्रमण

Advertisement

काठमाडौँ । नेपालको लागि हिरो मोटरसाईकलको आधिकारिक विक्रेता नेपाल जनरल माकेटिङ प्रालिले आन्तरिक पर्यटन प्रवद्र्घनको साथै हिरो एक्सप्लस २०० मोटर साईकल खरिद गरेका ग्राहकहरुलाई लोमाङ्गथान भ्रमण गराउने भएको छ । 

कात्तिक १६ गतेबाट करिब ३० जनाभन्दा बढी ग्राहकहरुलाई सहभागिता गराउंदै यात्रा शुरु हुने भएको हो । सो यात्रा काठमाडौं–पोखरा–लेटे–जोमसोम–मुक्तिनाथ–लोमाङ्गथान हुँदै करिब ९०० किमिको हुनेछ ।

Advertisement

नेपाल जनरल माकेटिङका अध्यक्ष अभिक ज्योतिले  टेकु, बुधबारीमा रहेको हिरोको शोरुमा आज ल्फाग अफ गरेर यात्राको शुभारम्भ गरेका छन् । सो अवसरमा उनले यात्रामा सरिक हुने सबैलाई अनुशासित तवरले सतकर्ताका साथ बाईक चलाउनु अनुरोध गर्दै जोखिममुक्त तवरले यात्राको सफलताको लागि सबैलाई शुभकामना दिए ।  

Advertisement

Advertisement