राजनीतिक परिवर्तन दिए पनि आर्थिक परिवर्तन जनतालाई दिन नसकेको श्रेष्ठद्धारा स्वीकार

Advertisement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशले नेपाली समाजको आवश्यकता, अपेक्षा र नेपालको संविधान र परिवर्तन निर्देशअनुसार गुणात्मक फड्को मार्न नसकेको स्वीकार गरेका छन् । 

बिहीवार गोरखाका सत्ता गठबन्धनका उम्मेदवारहरुको परिचयात्मक कार्यक्रममा उनले राजनीतिक परिवर्तनलाई राजनीतिक परिवर्तनमा मात्रै सिमित नराखेर सामाजिक, आर्थिक रुपान्तरणको क्षेत्रमा बिस्तारित गर्ने, साामाजिक न्यासहितको समृद्ध मुलुक बनाउने र आम जनतालाई समृद्ध बनाउनेगरी काम गर्न आवश्यक रहेको बताए । 

Advertisement

श्रेष्ठले आजको मुख्य कार्यभार समद्धिको दिशामा फड्को मार्नु रहेको बताए । उनले समृद्धिको पक्षमा गुणात्मक हस्तक्षेप गरेर मात्रै जनतालाई समृद्धि दिनसकिने बताए । श्रेष्ठले अहिलेको सत्ता गबठन्धनले आफूलाई जनतालाई सुखी र समृद्ध बनाउने कार्यभार पूरा गर्नुपर्ने बताए । गठबन्धनको यो कार्यभार पूरा गर्ने अवसर गोरखाबाट चुनिने उम्मेदवारहरुका लागि रहेको बताए । 

उनले धेरै भन्दा धेरै मत ल्याएर गठबन्धनका उम्मेदवारहरुलाई जिताउन पनि आग्रह गरे । श्रेष्ठले भने, ‘राजनीतिक परिवर्तनलाई राजनीतिक परिवर्तनमा मात्रै सिमित नराखेर यसलाई सामाजिक, आर्थिक रुपान्तरणको क्षेत्रमा बिस्तारित गर्ने, साामाजिक न्यासहितको समृद्ध मुलुक बनाउने र आम जनतालाई आफ्नो काखमा, आफ्नो पोल्टामा के प्राप्त गर्यो ? भन्ने खोज्दा त्यसको प्रत्यक्ष अनुभुति दिएर उसको जीवन फेर्नेगरी काम गर्नुपर्ने आवश्यकता छ ।’ 

उनले थपे, ‘नेपाली समाजको आवश्यकता, अपेक्षा र नेपालको संविधान र परिवर्तन निर्देशअनुसार गुणात्मक फड्को मार्न सकिएको छैन । आजको मुख्य कार्यभार समृद्धिको दिशामा फड्को मार्नु नै हो । हामीले गुणात्मक हस्तक्षेप त्यस दिशामा गर्नुपर्छ र जनतालाई राजनीतिक परिवर्तनबाट हाम्रो जीवन फेरिने गरी यत्ति प्राप्त भयो भनेर दिनुपर्छ । त्यसको निम्ति यो गठबन्धनले आफूलाई यो कार्यभार पूरा गर्नेगरी तयार गर्नुपर्छ । गोरखालाई यो नेतृत्व पूरा गर्ने अवसर प्राप्त छ । सम्भावना देखापरेको छ । त्यसको अर्थ धेरै मत ल्याएर आफ्ना मतदातालाई विजयी गराउनुपर्छ ।’

नेता श्रेष्ठले शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्न बाँकी रहेको उल्लेख गर्दै राजनीतिक प्रक्रिया पूरा गरेपनि द्वन्द्वपीडितलाई न्याय दिने, राष्ट्रिय मेलमिलाप कायम गर्न ठोस भुमिका खेल्ने र दिगो शान्तिको स्थापनाको काम बाँकी रहेको बताए । 

Advertisement

Advertisement