एफवान सफ्टले विकास गर्यो मोबाईल बैंकिङ प्रयोग गर्न अझै सजिलो बनाउने प्लेटफर्म

Advertisement

काठमाडौँ । एफवान सफ्ट इन्टरनेशनले युज मोबाईल बैंकिङ डटकमको सुरुवात गरेको छ । यस वेबसाइटले मोबाईल बैंकिङ्गसँग परिचित गराउन थप मद्दत गर्नेछ । 

वेबसाइटमा एफवान सफ्टले सरल र सजिलो नेभिगेट तरिकाले विकास गरिएका सबै बैंकिङ्ग अनुप्रयोगहरुका लागि ट्युटोरियलहरु (सन्दर्भ सामाग्री) छन् र तिनिहरुको प्रयोगको बारेमा जान्न चाहने कुनैपनि ग्राहकले वेबसाईटमा गएर आफ्नो मोबाईल बैंकिङ्ग प्रयोगको ट्युटोरियल (सन्दर्भ सामग्री) हेर्न सक्छन् । 

Advertisement

वेबसाईटमा मोबाईल बैंकिङ्ग सम्बन्धी नविनतम तथ्य,तथ्यांक र डाटाका साथसाथै लेख, ब्लग र यस क्षेत्रका विशेषज्ञहरुका विचारहरु पनि निरन्तर अपडेट गरिन्छ । युज मोबाईल डटकम एफवान सफ्ट इन्टरनेशनल द्धारा मोबाईल बैंकिङ्गको प्रयोगलाई बढावा दिन र बानी बसाल्ने प्रयोग हो, जुन शहरी क्षेत्रहरुमा डेबिट कार्ड र नगदको तुलनामा बिस्तारै बैंकिङ्ग र भुक्तानीको लोकप्रिय मोड बन्दै गएको छ । 

एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवाश शर्माले भने “ मोबाईल बैंकिङ्गको ठुलो संभावना छ,र हामी मानिसहरुलाई टेक्नोलोजीसँग अझ बढि परिचित गराउन चाहान्छौँ , मोबाईल बैंकिङ्गको प्रयोगमा  धेरै वृद्धि देखिरहेको छ र हामी आशा गछौँ की युज मोबाईल बैंकिङ्ग डट कमले मोबाईल बैंकिङ्ग प्रयोग गर्न सहज बनाउन मद्दत गर्छ ।’

एफवान सफ्ट नेपालको सबैभन्दा ठुलो फिनटेक कम्पनी हो । जसको १८ वर्षभन्दा बढि समयदेखि डिजिटल फाइनान्स्मा केन्द्रित छ । कम्पनीले हाल एक हजार भन्दा दक्ष जनशक्तिलाई रोजगारी दिँदै आएको छ । कम्पनीले ५० भन्दा बढि वित्तीय संस्थाहरुको बैंकिङ्ग र वित्तीय संस्थाहरुको बैंकिङ्ग अनुप्रयोगहरु निर्माण  गरेको छ । युज मोबाईल बैंकिङ्ग डटकम मोबाईल बैंकिङ्गका प्रयोगकर्ताहरुसम्म सिधै पुग्ने पहिलो प्रयास हो । 

कम्पनीले आम प्रयोगकर्तालाई वेबसाईटमा जान र नविनतम समाचारहरुसँग अखबधिक रहनका लागि युज मोबाईल बैंकिङ्गका सामाजिक सञ्जाल पछ्याउन आग्रह गरेको छ । 
 

Advertisement

Advertisement