एक महिनामै हवाई मार्गबाट आउने पर्यटक ८८ हजारभन्दा बढी

Advertisement

काठमाडौं । गएको अक्टोबर महिनामा मात्र ८८ हजार ५८२ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागको तथ्यांकअनुसार उनीहरु हवाइमार्ग भएर नेपाल भ्रमणमा आएका हुन् । 

त्यस्तै, सेप्टेम्बर महिनामा ५८ हजार ३१४ जना पर्यटक नेपाल भित्रिएका थिए । अक्टोबरमा भारतबाट १६ हजार ९१०, अमेरिकाबाट ११ हजार ८५९, बेलायतबाट सात हजार ११७, बङ्गलादेशबाट दुई हजार ७२०, चीनबाट ९४६, अष्ट्रेलियाबाट तीन हजार ९४६, मलेशियाबाट एक हजार ५९० पर्यटक नेपाल आएका छन् ।

Advertisement

त्यस्तै, इटालीबाट एक हजार ४७१, जर्मनीबाट चार हजार ९३५, फ्रान्सबाट चार हजार ९२९, दक्षिण कोरियाबाट एक हजार ३७१, क्यानडाबाट एक हजार ५५२, जापानबाट ५४१, पाकिस्तानबाट ४२९, सिंगापुरबाट ३७७, भुटानबाट ६८२, श्रीलङ्काबाट ९०१, थाइल्याण्डबाट एक हजार २९६, अस्ट्रियाबाट ६९५, बेल्जियमबाट ८८४, चेक रिपब्लिकबाट ९५८, डेनमार्कबाट ६१४, नेदरल्याण्डबाट एक हजार ८४२, नर्वेबाट ४०८, पोल्याण्डबाट एक हजार १८८, रुसबाट एक हजार ४०९, स्विट्जरल्याण्डबाट एक हजार २६४, स्पेनबाट २ हजार ९६, स्वीडेनबाट ५२५, युक्रेनबाट एक सय ५५, न्युजिल्याण्डबाट ३५६, इजरायलबाट एक हजार ४७२, टर्कीबाट ४७० जना पर्यटक भित्रिएको विभागको भनाई छ । 

Advertisement

Advertisement