भायाटिभीले ल्यायो अफर: नयाँ हिमस्टार खरिदमा ५१ प्रतिशतसम्म छुट

Advertisement

काठमाडौं । आउँदै गरेको फिफा विश्वकप(२०२२ लाई मध्यनजर गर्दै भायाटिभीले आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर ल्याएको छ । 

उक्त अफर अन्तर्गत भायाटिभीका ग्राहकहरुले मात्र रु. ५०० मा फुटबल विश्वकपका सबै खेलहरू लाइभ हेर्नका साथै ३२” देखि ४३” सम्मका नयाँ हिमस्टार टिभी सेटहरूमा ५१ प्रतिशतसम्म छुट पाउने छन् । भायाटिभीका हालका ग्राहकहरूले रु. ५०० मा सबै विश्वकप खेलहरू हिमालय एचडी च्यानलमा प्रत्यक्ष हेर्न सक्नेछन् । यो अफर सेट–टप–बक्स प्रयोगकर्ताहरूको लागि मात्र मान्य हुनेछ।  

Advertisement

यसबाहेक भायाटिभीको “ब्रिंग होम द गेम” अफर अन्तर्गत ग्राहकहरूले रु। १५० प्रति महिना सम्ममा भायाटिभी र रु. ९९९ प्रति महिना सम्ममा २०० एमबिपिएस भायानेट अल्ट्रा–फाई इन्टरनेट पनि पाउन सक्नेछन्। वार्षिक सदस्यता लिने वा नवीकरण गर्ने दुवै ग्राहकले यसरी इन्टरनेट र टिभी जोडे वापत नयाँ हिमस्टार टिभीमा ५१ प्रतिशतसम्म छुट पाउन सक्नेछन् । यसरी ग्राहकले ३२ इन्चको हिमस्टार एलईडी टिभी मात्र रु. १२,१२३ सम्ममा र ४३ इञ्चको स्मार्ट टिभी मात्र रु. २४,३३५ सम्मको मुल्यमा खरिद गर्न पाउने छन् ।  

यसका साथै भायाटिभीको आइएसपि पार्टनर भायानेट कम्युनिकेसन्सले पहिलो पटक इन्स्टलेसन गर्दा डुअल ब्यान्ड ओएनयु र सेट–टप–बक्समा छुट उपलब्ध गराउनुका साथै विशेष छुटमा एमआई राउटर वा नोकिया मेस बिकन १.१ राउटर मध्ये एउटा एक्स्ट्रा राउटर पनि लिन सक्ने विकल्प दिएको छ ।

यो अफर नोभेम्बर २० मा सुरु हुने फुटबल विश्वकपको प्रतिक्षामा रहेका सबै फुटबल फ्यानहरूका लागि विशेष रहन सक्छ । भायाटिभी, नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायकमध्येको एक भायानेट कम्युनिकेसन्सको आईपिटिभी सेवा हो ।
 

Advertisement

Advertisement