जनजातिबाट राजेन्द्र लिङदेन पहिलो निर्वाचित प्रधानमन्त्री बन्नसक्ने संभावन छः ज्ञवाली

Advertisement

काठमाडौं । पूर्वमन्त्री दीपक ज्ञवालीले जनजातिबाट पहिलो निर्वाचित प्रधानमन्त्री बन्ने संभावना राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङदेनमा देखिएको बताएका छन् । 

योहो टिभीको कार्यक्रममा उनले सोही संभावनाका कारण पनि जनजाति समुदायमा उनीतर्फ आकर्षण बढेको पनि बताएका छन् । अरु पार्टीले समावेशीताको नारा मात्रै दिएको तर जनजाति र दलितलाई नेतृत्वमा आउन नदिएको बताउँदै ज्ञवालीले लिङदेन विधिवत नेतृत्वमा आएको र माहौल पनि उनको पक्षमा भएकाले ठूलो दल बनेको अवस्थामा उनी प्रधानमन्त्री बन्ने संभावना बढेको बताएका छन् । 

Advertisement

जनजातिबाट यसअघि प्रधानमन्त्री भएका एक मात्रै व्यक्ति मरिचमान श्रेष्ठ निर्वाचित नभई राजाले मनोनित गरेका थिए । कांग्रेस र कम्युनिष्टले आदर्श नेताको रुपमा लिने विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मदन भण्डारी, मनमोहन अधिकारीले स्वीकार गरेको संवैधानिक राजसंस्थाको एजेण्डादेखि बहुसंख्यक हिन्दुहरुको आस्थासँग जोडिएको हिन्दुराज्य पुनस्थापना, भ्रष्टाचार अन्त्यको एजण्डा बोकेकाले पनि लिङदेन र उनको पार्टीतर्फ आकर्षण बढेको देखिन्छ । 

पूर्वमन्त्री ज्ञवालीले नयाँ पुस्ताको आकर्षण रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी, सीके राउतको जनमत पार्टीतर्फ आकर्षण रहेको तर्फ ठूलो दल र नेताहरु जनताको निकै धेरै वितृष्णा रहेको बताए । नयाँ पुस्ताले इतिहासमा के गरेको थियो भन्ने कुराले अर्थ नराख्ने बताउँदै उनले नयाँ पुस्ताले अहिले के गर्यौ ? भनेर खोज्ने बताए । 

अहिलेको राजनीतिक नेतृत्वले राष्ट्रिय मुद्दामा बोल्न नसकेको, भ्रष्टाचार र नातावाद गरेको, विकासलाई गति दिन नसकेको स्वीकार गर्न नसक्ने ज्ञवालीको भनाई छ । उनले अहिलेको माहौलले गर्दा अबको संसदमा कांग्रेस र कम्युनिष्टको उपस्थिति घट्ने र राप्रपा, स्वतन्त्र पार्टीको बढ्ने विश्वास व्यक्त गरे । 

Advertisement

Advertisement