काठमाडौं– ४ मा गगन र राजनको प्रतिस्पर्धा, राप्रपा र स्वतन्त्र पछ्याउँदै

Advertisement

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत काठमाडौं ४ मा प्रारम्भिक मतगणनामा सत्ताधारी गठवन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ६६८ मत प्राप्त गर्दा नेकपा एमालेका राजन भट्टराईले ६३३ मत प्राप्त गरेका छन् । 

हालसम्म एक हजार ५११ मत गणना गरिएकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ठाकुरमोहन श्रेष्ठले ६५, स्वतन्त्र उम्मेदवार अर्जुन प्रसाईंले २८ र लौरो अभियानका अर्जन राणाले १९ मत प्राप्त गरेका छन् ।

Advertisement

यस क्षेत्रको मतगणना बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १ बाट भइरहेको छ । 

Advertisement

Advertisement