डडेलधुरामा देउवाको सुरुवाती अग्रता, दोस्रोमा विपी कांग्रेसका मल्ल, तेस्रोमा सागर ढकाल

Advertisement

काठमाडौं । डडेल्धुराको जारी मतगणनामा प्रधानमन्त्री शेरबहादुर देउवाले सुरुवाती अग्रता लिएका छन् । कुल पाँच सय मतगणना हुँदा देउवाले २३९ मत पाएका छन् । 

त्यस्तै, नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले १४१ मत पाएका छन् भने पछिल्लो समयमा निकै चर्चामा रहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत पाएका छन् ।

Advertisement

डडेलधुराबाट सातौं पटक उम्मेदवारी दिएका देउवा फेरि पनि प्रधानमन्त्री बन्न योजनामा छन् । आफूलाई ज्योतिषिले सात पटक प्रधानमन्त्री बन्छस् भनेर बताएको भन्दै आएका छन् । 

Advertisement

Advertisement