काठमाडौं– ९ मा पनि एमालेलाई स्वतन्त्र पार्टी कै कडा चुनौति

Advertisement

काठमाडौं । राजधानी काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ९ को जारी मतगणनामा पनि नेकपा एमालेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले कडा चुनौति दिएको छ । 

यस क्षेत्रमा एमालेका कृष्णगोपाल श्रेष्ठले एक हजार ७४९ मत प्राप्त गर्दा स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल एक हजार ६७३ मत ल्याएका छन् । 

Advertisement

सत्ताधारी गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमलाले ९१६ मतसहित तेस्रो स्थानमा छिन् भने राप्रपाका देवेन्द्र प्रधान ३५१ मतसहित चौथो स्थानमा छन् ।

चर्चामा आइरहने साझा पार्टीका मिलन पाण्डे भने २८९ मतसहित पाँचौ स्थानमा छन् । 

Advertisement

Advertisement