चितवन– १ मा घण्टीको अग्रता कायमै, एमालेका पाण्डे तेस्रो नम्बरमा

Advertisement

काठमाडौं । चितवन क्षेत्र नम्बर–१ को जारी मतगणनामा घण्टी चुनाव चिन्हकका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले आफ्नो अग्रता कायम राखेका छन् । 

ढकालले छ हजार ६७ मत ल्याउँदा सत्ताधारी गठवनधनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका विश्व पौडेलले पाँच हजार ८० मत पाएका छन् । तेस्रो नम्बरमा रहेका नेकपा एमालेका सुरेन्द्र पाण्डेले चार हजार ५२३ मत ल्याएका छन् । 

Advertisement

पाण्डे यसअघि सो क्षेत्रबाट साँसद थिए । 

Advertisement

Advertisement