ललितपुर– ३ मा तोसिमाको अग्रता बढ्दै, एमालेका खड्का दोस्रो रहँदा उर्जामन्त्री तेस्रोमै

Advertisement

काठमाडौं । ललितपुरको क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले अग्रता बढाएकी छन् । पछिल्लो मतगणनाअनुसार उनी एमालेका अमृत खड्काभन्दा एक हजार ५५९ मतले अगाडी छिन् । 

विवरणअनुसार तोसिमाले छ हजार २६९ मत प्राप्त गर्दा एमालेका खड्काले चार हजार ७१० मत पाएका छन् भने सत्ता गठवन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी पम्फा भुसालले दुई हजार ६९४ मत पाएकी छन् । उनी अहिलेको उर्जामन्त्री पनि हुन् । 

Advertisement

अहिलेसम्म यस क्षेत्रमा १५ हजार चारसय मत गणना भएको छ । 

Advertisement

Advertisement