काठमाडौं– ९ मा एमालेका श्रेष्ठ विजयी, स्वतन्त्र पार्टीका पोखरेल ९९५ मतले पराजित

Advertisement

काठमाडौं । राजधानी काठमाडौं– ९ मा नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् । उनी ११ हजार ९५६ मत प्राप्त गर्दै विजयी भएका हुन् । 

उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत प्राप्त गरे । उनी ९९५ मतले पराजित भएका हुन् । 

Advertisement

सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी कल्पना धमलाले छ हजार ४०२ मत पाइन् । निर्वाचन क्षेत्रको यो आठौं प्रतिस्पर्धा हो ।  

Advertisement

Advertisement