देउवा डडेलधुराबाट सातौं पटक निर्वाचित, छैटौं पटक प्रधानमन्त्री बन्नसक्ने

Advertisement

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट सातौं पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बुधबार बिहान सम्पन्न मत गणनामा उनले २५ हजार ५३४ मत ल्याई विजयी भएका हुन् ।

देउवाका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार सागर ढकालले १२ हजार ४९२ मत ल्याएका छन् । यस जितसँगै उनी छैटौ पटक प्रधानमन्त्री बन्नसक्ने आधार तयार भएको छ । कांग्रेसका उनी पार्टी सभापतिसमेत भएको र पार्टीमा बहुमत पनि रहेकाले संसदीय दलमा पनि उनकै बहुमत हुनसक्ने संभावना देखिन्छ । ज्योतिषीले देउवालाई सात पटकसम्म प्रधानमन्त्री हुने भविश्यबाणी गरेको समाचार आउने गरेका छन् । 

Advertisement

Advertisement

Advertisement