काठमाडौं– १० मा केसी पुनः विजयी, काठमाडौंका १० मध्ये ५ मा कांग्रेस

Advertisement

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका नेता राजेन्द्र केसी पुनः विजयी भएका न् । उनले १४ हजार ४५८ मत पाएका छन् । 

केसीका प्रतिद्वन्द्वी एमालेका हिमेस केसीले ११ हजार ७८६ मत पाए । यस्तै माओवादीकी अञ्जना विशंखेले पाँच हजार २६२ मत पाइन् । 

Advertisement

काठमाडौं– १० बाट विगतमा केसीले दुई पटक विजय हासिल गरेका थिए । योसहित कांग्रेसले काठमाडौंमा पाँच वटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ । 

Advertisement

Advertisement