चितवन– २ मा रविको मतान्तर निकै फलाकिलो, चितवन १ र ३ मा स्वतन्त्र पार्टी र राप्रपा अघि

Advertisement

काठमाडौं । चितवन–२ को जारी मतगणनामा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीबाटका सभापति रवि लामिछाने मतान्तर निकै फराकिलो बनाउँदै लगेका छन् । 

लामिछानेले १३ हजार ६४१ मत ल्याउँदा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल छ हजार २४९ मत पाएका छन् भने सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठको पाँच हजार ९३५ मत पाएका छन् । 

Advertisement

चितवन–१ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल अगाडि छन् । उनले १४ हजार २९९ मत ल्याउँदा सत्तारुढ गठबन्धनबाट कांग्रेसका विश्वनाथ पौडेलले १० हजार ६२९ र एमालेका सुरेन्द्र पाण्डेले १० हजार ३८४ मत ल्याएका छन् । चितवन–३ मा भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दोस्रो स्थानमा छन् ।

चितवन–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विक्रम पाण्डे १० हजार ६३२ मतका साथ अग्रस्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका जिता बरालको छ हजार ६७२ र सत्तारुढ गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका डा. भोजराज अधिकारीको छ हजार ५०३ मत आएको छ । एमालेले समर्थन गरेको स्वतन्त्र उम्मेदवार दिनेश कोइरलाले चार हजार ३११ मत आएको छ ।

Advertisement

Advertisement