प्रतिनिधिसभा संसदमा माओवादी केन्द्रको पहिलो जित, सिन्धुलीमा दाहाल विजयी

Advertisement

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रले पहिलो जित निकालेको छ । सो पार्टीबाट सिन्धुलीमा लेखनाथ दाहाल विजयी भएका छन् । 

सत्तारुढ गठवन्धनबाट विजयी भएका उनले २७ हजार ५१७ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार मनोजजंग थापाले २१ हजार ३५५ मत पाएका छन् । 

Advertisement

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले एक हजार ५५३ मत पाएका छन् भने राप्रपाका भीष्मराज श्रेष्ठले एक हजार ३४० मत प्राप्त गरेका छन् ।

Advertisement

Advertisement