ओखलढुंगामा गठवन्धनबाट कांग्रेसका खतिवडा विजयी

Advertisement

काठमाडौं । ओलखढुंगाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी भएका छन् । उनले ३३ हजार ५५६ मतसहित विजयी भएका हुन् । 

खतिवडाका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज सुनुवारले २६ हजार ७३८ मत प्राप्त गरे । त्यस्तै, जनता समाजवादी पार्टीका जुद्धबहादुर राईले ८९७ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीकी शोभा कार्कीले ७१४ मत प्राप्त गरिन् ।

Advertisement

Advertisement

Advertisement