डोटीबाट पुनः विजयी भए गठवन्धनबाट नेकपा एसका प्रेम आले

Advertisement

काठमाडौं । डोटी जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा सत्ता गठवन्धनबाट एकीकृत समाजवादी (एस)का प्रेमबहादुर आले निर्वाचित भएका छन् । 

बिहीबार बिहान सम्पन्न मतगणनाअनुसार आलेले नेकपा एमालेकी गौरी ओलीलाई चार हजार २०६ मतान्तरले हराएका हुन् ।

Advertisement

आलेले २७ हजार २१० मत प्राप्त गर्दा एमालेकी  ओलीले २३ हजार चार मत प्राप्त गरिन् । स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले छ हजार ६८९ मत पाए ।

त्यस्तै, राप्रपाका अंकबहादुर खड्काले ८०२, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार केशव बलायरले ७७४ मत पाए । यस क्षेत्रमा ६३ हजार ५५२ मत खसेको थियो । 

Advertisement

Advertisement