गठवन्धनबाट उठेकी बहालवालामन्त्री र एमाले नेतालाई हराउँदै तोसिमा कार्की विजयी

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् ।

नेकपा एमालेका अमृत भट्टराई र सत्ता गठवन्धनबाट चुनाव उठेकी नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पार्दै उनी विजयी भएकी हुन् । भुसाल बहालवालामन्त्री पनि हुन् । उनले यसअघि सोही क्षेत्रबाट चुनाव जितेकी थिइन् । 

Advertisement

मतपरिणामअनुसार तोसिमा कार्कीले ३१ हजार १३६ मत पाएकी छन् । उनको निकटतम प्रतिस्पर्धी एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए भने ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले आठ हजार ७६९ मत मात्र पाइन् ।

Advertisement

Advertisement