तनहुँ– १ बाट संसदमा पौडेलको पुनरागमन, राना छ हजार मतान्तरले पराजित

Advertisement

काठमाडौं । तनहुँ– १ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधिसभामा निर्वाचित भएका छन् । पौडेलले झण्डै छ हजार मतले निकट प्रतिस्पर्धीलाई हराउँदै जित हासिल गर्न सफल भएका हुन् । 

पौडेलले  २५ हजार ३१८ मत ल्याउँदा नेकपा एमालेका एकबहादुर रानाले १९ हजार ९४३ मत ल्याए ।

Advertisement

स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले छ हजार ८७८, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले छ हजार ३२ र राप्रपाका विनोद घर्तीले दुई हजार ४८३ मत ल्याए । 

Advertisement

Advertisement