रौतहट– १ बाट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विजयी

Advertisement

काठमाडौं । रौतहट– १ बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विजयी भएका छन् । 

सत्ताधारी गठवन्धनका उम्मेदवारसमेत रहेका उनले नेकपा एमालेका अजय गुप्तालाई सात हजार मतान्तरले पराजित गरेका हुन् ।

Advertisement

माधव नेपालले ३३ हजार ५२२ मत प्राप्त गर्दा गुप्ताले २६ हजार ५२२ मत प्राप्त गरे ।

Advertisement

Advertisement