जसपालाई हराउँदै बारा– ३ मा एमालेकी ज्वालाकुमारी साह विजयी

Advertisement

काठमाडौं । बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेकी ज्वालाकुमारी साह निर्वाचित भएकी छन् ।

जनता समाजवादी पार्टीका रामबाबु यादवलाई हराउँदै उनी विजयी भएकी हुन् । साहले २० हजार २५१ मत ल्याउँला यादवले १७ हजार २७९ मत पाए । 

Advertisement

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका लालबाबु सिंह भुइहारले ११ हजार ९६४ मत पाए भने  राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र शर्माले तीन हजार ५७९ मत पाए । सोही क्षेत्रमा जनमत पार्टीकी राधिका देवी साहले तीन हजार ३३१, स्वतन्त्र उम्मेदवार कलामुदीनले एक हजार ८७८ मत, एकीकृत शक्ति नेपालका नरेशकुमार चौलागाईंले एक हजार ७५, नेपाल लोकतान्त्रिक पार्टीका महम्मद शानी ठकुराईले एक हजार ४४ मत पाए । 

Advertisement

Advertisement